सोमबार, असार ७ २०७८

आज थपिएका संक्रमित मध्ये कुन जिल्लामा कति भेटिए ?


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.6K
SHARES

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ८ सय ५० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट