आइतबार, मंसिर १२ २०७८

मोरङमा कोरोनाबाट थप छ जनाको ज्यान गयो



  • नेपालदीप
  • बिहिबार, बैशाख ३० २०७८
4.3K
SHARES

विराटनगर।  मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित छ जनाको बिहीबार बिहानभरमा मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा विराटनगरका दुई जना तथा ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका एक/एक जना छन् ।

नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो ।

त्यस्तै सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४ : ४० बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी दाहालले दिए ।

सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि गत वैशाख १२ गते उपचारका लागि भर्ना गरिएका वृद्धको बिहान ५ बजेतिर ज्यान गएको दाहालले बताए ।

विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा संक्रमित वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको राजवंशीको भनाइ छ ।

उनका अनुसार ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो । उपचारका लागि त्यही दिन अस्पताल भर्ना गरिएका पुरुषको बिहान ४ : ३० बजेतिर मृत्यु भएको जानकारी राजवंशीले दिए ।

विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२ :३० बजेतिर मृत्यु भएको छ । उनको विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएका युवालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा युवाको मृत्यु भएको जानकारी उनले दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट