सोमबार, असार ७ २०७८

बालबालिकाको आत्मा-सम्मान, मानसिक स्वास्थ्य र पारिवारिक दायित्व


  • नेपालदीप
  • शुक्रबार, बैशाख ३१ २०७८
4.8K
SHARES

 

बालबालबालिकाहरुको लागि पढाइ पहिलो र एकमात्र महत्वपूर्ण कुरा हो भन्ने मानसिकताबाट माथी उठ्नु पर्ने देखिन्छ।

केही आशाको त्यान्द्रो के पलाँउदै गरेको शैक्षिक गतिबिधिहरुलाई कोरोना संक्रमणको दोश्रो लहरले फेरि श्वास नै फेर्न गाह्रो हुने गरि थिचिदिएको छ। यो अनिश्चितताले गर्दा कहिलेसम्म शैक्षिक गतिबिधिहरु ठप्प हुने हुन अथवा शैक्षिक पद्धती नै परिबर्तन पो हुने हो कि त्यो भने हेर्न बाकी छ। तर परिवारले भने यस बिषयलाई फरक तरिकाले सोच्नु पर्ने देखिन्छ। बालबालबालिकाहरुको लागि पढाइ पहिलो र एकमात्र महत्वपूर्ण कुरा हो भन्ने मानसिकताबाट माथी उठ्नु पर्ने देखिन्छ। हुन सक्छ ,जो अहिले पारिवारिक भूमिका निभाइराख्नु भएको छ उहाँहरुको लागि त्यो मानसिकताले काम गरेको हुन सक्छ तर समय परिवर्तनशील छ। गतिशील छ। नत्र आज भन्दा अघिल्लो पुस्ताको शैक्षिक उपलब्धी र अहिलेको पुस्ताको शैक्षिक उपलब्धी लाई तुलना गरेर हेरौ न! आकस जमिनको फरक छ। त्यसैगरी सोच्ने हो भने अब
दशक पछिको शैक्षिक उपलब्धिहरु हामी अनुमान पनि गर्न सक्दैनौं। के हाम्रा बालबालिकहरुलाई दशकौं पछिको विश्वसंग सामना गर्न तयार गरिराखेका छौं त?

देश, समाज अविकसितबाट विकसित तर्फको बाटो पछ्याउँदै गर्दा समाजवाद (collectivism) बाट व्यक्तिवाद(individualism) तिर ढल्किदै जान्छ। मतलब व्यक्ति सामाजिक सहभागिताबाट पन्छिदै व्यक्तिगत उद्देश्यमा तल्लिन हुँदै जान्छ र जीवनमा आइपर्ने समस्यासंग पनि एक्लै संघर्ष गर्नु पर्दछ। सामाजिक र भवानात्मक सहयोगबाट पर हुन्छन्। विकसित देशहरु जस्तै अमेरिका र जापान देशहरु पूर्णतः ब्यक्तिवादी समाजमा रुपान्तरित भइसकेका छन्।

शरिरिक स्वास्थ्य भौतिक रुपमा अनुभव गर्न सक्ने हुनाले यसको सके सम्म ख्याल गर्न मान्छेले कोसिस गरिराखेको हुन्छ तर बाँकी मानसिक, समाजिक र आध्यात्मिक स्वास्थ्यको विषयमा कम नै व्यक्ति सू-सूचित छन्।

त्यसैले त यी देशहरु आत्महत्या र मानसिक समस्या भएका देशहरुको सूचीमा अग्रपङ्गतिमा आउछन्। जो व्यक्ति भावनात्मक रुपमा बुद्धिमानी हुन्छ त्यसले मात्र जीवनमा आइपर्ने चुनौतीहरु सजिलैसंग समाधान गर्न सक्छ। विश्व स्वस्थ्य संगठनका अनुसार ब्यकति पुर्ण रूपमा स्वस्थ हुन को लागि शारीरिक, मानसिक, समाजिक र आध्यात्मिक रुपमा स्वास्थ्य हुन आवश्यक हुन्छ। शरिरिक स्वास्थ्य भौतिक रुपमा अनुभव गर्न सक्ने हुनाले यसको सके सम्म ख्याल गर्न मान्छेले कोसिस गरिराखेको हुन्छ तर बाँकी मानसिक, समाजिक र आध्यात्मिक स्वास्थ्यको विषयमा कम नै व्यक्ति सू-सूचित छन्। उल्लेखित तीन स्वास्थ्य बिनाको एक्लो शारीरिक स्वास्थ्य दिर्घकालिन हुदैन भन्ने कुरा कहिले र कसरी बुझ्ने? शरीर सँगसँगै मानसिक स्वस्थ्यको मात्र ख्याल गरेउ भने पनि लगभग पूर्ण रुपमा म स्वास्थ हुन सकिन्छ। मनसिक रुपमा स्वस्थ्य व्यक्ति मात्र सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ हुन सक्छ।

मानसिक स्वस्थ्य सँगसँगै बुझ्नु पर्ने अर्को कुरा भनेको आत्म सम्मान हो। आत्म-सम्मान को अर्थ हुन्छ, आफू प्रतीको सम्मान। व्यक्तिले आफ्नो विचार, भावना र अनुभवहरुको आधारमा आफू प्रती सकारात्मक वा नकरात्मक धारणा बनाँउछ। यदी आफू प्रती नकरात्मक धारणा बनाँउछ भने कम आत्म-सम्मान भएको बुझिन्छ र सकारात्मक बनाउँछ भने उच्छ आत्म- सम्मान।

पहिला मानसिक स्वास्थ्यको विषयमा नजिकबाट बुझ्ने कोसिस गरौं। आमव्यक्तिमा मानसिक शब्द मात्र सुन्दा पनी शरीरमा सिरिङ्ग काडा उम्रिने गर्छ। जुन शब्दलाई सबै भन्दा बढी सकरात्मक तरिकाले लिन आवश्यक छ त्यहिँ शब्द प्रती यति धेरै नकारात्मक मानसिकता किन? म मानसिक रुपमा म स्वस्थ छु भन्नको लागी ममा कुनै पनि मानसिक रोग छैन मात्र भनेर पुग्दैन। यदि म आफ्नो क्षमता पहिचान गरि आइपर्ने दैनिकी तनावहरु सँग सजिलै सामना गरेको छु भने मात्र म मानसिक रुप मा स्वस्थ्य छु भनेर बुझ्नु पर्दछ। मानसिक स्वस्थ्य सँगसँगै बुझ्नु पर्ने अर्को कुरा भनेको आत्म सम्मान हो। आत्म-सम्मान को अर्थ हुन्छ, आफू प्रतीको सम्मान। व्यक्तिले आफ्नो विचार, भावना र अनुभवहरुको आधारमा आफू प्रती सकारात्मक वा नकरात्मक धारणा बनाँउछ। यदी आफू प्रती नकरात्मक धारणा बनाँउछ भने कम आत्म-सम्मान भएको बुझिन्छ र सकारात्मक बनाउँछ भने उच्छ आत्म- सम्मान।

बालबालिकाहरुमा पनि जन्मजात आत्म-सम्मानको गुणहरु हुन्छन् तर बिस्तारै समाज, परिवार र वातावारणमा घुलमिल हुँदै गएपछी परिमार्जन हुँदै जान्छ। यदि बालबालिकाहरु सकारात्मक वातावरणमा दैनिकी बिताएका छन् भने उच्च आत्मसम्मान र नकारात्मक वातावरणमा छ भने कम आत्म-सम्मान। तर यो पुस्ताका बालबालिकालाई सुक्षम रुपले अध्ययन गर्ने हो भने सकारात्मक वातवरणमा जीवन व्यतित गरिराखेका छन् भनेर ठोकुवा गर्न गाह्रो पर्ला।

एकातिर भूकम्प र कोरोना जस्ता महामारीको सामना एकै पटक गर्नु परेको छ भने अर्को तिर चार दिवार भित्रको शिक्षा पद्धती र बालबालिकाको डिजिटल दुनिया प्रतीको बढ्दो आकर्षण। भूकम्प र कोरोना जस्ता महामारीको असर तत्कालिन रुपमा कम देखिए पनि यसको दिर्घकालिन रुपमा प्रत्यक्ष/अप्रत्यक्ष असर बालबालिकाहरुम पर्न सक्छन्। महामारीका कारण बालबालिकाहरु अकस्मात परिवर्तन भएको वातावरणमा घुलमिल हुँदा कतै न कतै मानसिक रुप मा तनाव भोगि राखेका हुन्छन्। सँगै महामारिको चपेटोमा परेका परिवारहरुको असर पनि बालबालिकामा पनि पर्न जान्छ। त्यस्तै, व्यक्ति जति सामाजिक स्तरमा प्रस्तुत भयो त्यति अरु मार्फत आफूलाई चिन्ने अवसर पाउँछ बिडम्बना यो पुस्ताका बालबालिकाको शैक्षिक गतिविधीहरु र डिजिटल दुनिया सामाजिकीकरणको ठ्याक्कै विपरित तत्वहरु हुन्। यस्ता तत्वहरु आत्मसम्मानको लागि सकारात्मक वातावरण होइनन्।

आत्म सम्मानको कुरा गरिरहदा अभिभावकलाई आफ्नो सन्तानको आत्मसमानको अवस्था बुझ्न मन लाग्न सक्छ। धेरै केही गर्नु पर्दैन, सिर्फ उनीहरुलाई घरमा सामान्य केही कुराको अभाव देखाएर छिमेकीसँग सहयोग माग्न अनुरोध गर्नुस्। कि बालबालिका जानै मान्दैनन्, गए भने पनि आफ्ना कुराहरु प्रस्टसँग भन्न गार्हो पर्छ। कम आत्मसम्मान भएका बालबालिकाहरु बढी लजालु स्वभावका हुन्छन्। उनिहरुमा निर्धक्क भन्ने गुण धेरै कम हुन्छ। आफ्ना कुराहरु अथवा समस्याहरु स्पष्ट तरिकाले व्यक्त गर्न सक्दैनन्। घरमा आएको पाहुनाहरुसँग पनि खुलेर कुरा गर्न सक्दैनन् साथै उनीहरुको शैक्षिक गतिविधी र सहपाठीहरुसँगको सम्बन्धमा पनि समस्या देखिन सक्छन्।

मानसिक स्वस्थ्य र आत्म- सम्मानको गहिरो सम्बन्ध हुन्छ। आत्म- सम्मान मानसिक स्वास्थ्यको सुचक भन्दा पनि फरक नपर्ला। विभिन्न अध्ययनलाई हेर्ने हो भने कम आत्म सम्मान भएका बालबालिकामा भविष्यबारे समाजिक दुष्चिन्तित, डिप्रेसन, जस्ता मानसिक समस्याहरु हुन सक्ने सम्भावना उच्च हुन्छ। बालबालिकामा उच्च सम्मान छ भने, शैक्षिक गतिविधि सँगसँगै जीवन उपयोगी कामहरुमा पनि सक्षम हुन्छन्। बालबालिकाहरु निर्धकका साथ आफ्नो कुराहरु व्यक्त गर्न सक्छन्, सामाजिक सहभागितामा बढी रुचि राख्छन्। भोग्नु परेको दैनिकीलाई सजिलै समाधान गर्नुका साथै असल सहपाठीसँग सम्बन्ध स्थापित गर्न सक्षम हुन्छन्। भनिन्छ नि बालबालिकाहरुको पहिलो पाठशाला घर हो र पहिलो शिक्षक परिवार नै हुन्। उनिहरुको आत्मसम्मानमा परिवारको ठूलो भुमिका हुन्छ। परिवारको अनुसार नै उनिहरुको व्यक्तित्व र व्यवहारको विकास हुन्छ। तसर्थ परिवारले जस्तो वातावरण सृजना गर्न सकियो भने बालबालिकाको आत्म-सम्मान पनि सोही अनुरुप हुन्छ।

बालबालिकालाई एक अर्कासँग तुलना गर्ने व्यवहार (जस्तै: दिदी/दाइ भन्द कमजोर छ अथवा भाइ/बहिनी भन्दा कमजोर छ, साथीभाइ सँग तुलना), तेश्रो व्यक्तिको सामुन्ने नकारात्मक टिप्पणी गरिदिने, बालबालिकासँग बढी झन्किने आदि आदि जस्ता कुराहरुले बालबालिकाको आत्म सम्मानमा असर गर्छ।

आफ्ना बालबालिकाहरु प्रती गर्व नगर्ने परिवार सायद कम नै होलान्। गौरव त्यती बेला लाग्छ जब उनिहरुप्रती परिवार सन्तुष्ट हुन्छ। बिडम्बना बालबालिका हुर्कदै गएर बुझ्ने भएपछी परिवारले उनिहरु प्रतीको गौरबलाई उनिहरुले बुझ्ने गरि व्यक्त गर्न सक्दैनन्। बरु उनिहरुप्रती नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति हुन्छ। पोहोर साल भन्दा यसपाली अंक कम आयो, बालबालिकालाई एक अर्कासँग तुलना गर्ने व्यवहार (जस्तै: दिदी/दाइ भन्द कमजोर छ अथवा भाइ/बहिनी भन्दा कमजोर छ, साथीभाइ सँग तुलना), तेश्रो व्यक्तिको सामुन्ने नकारात्मक टिप्पणी गरिदिने, बालबालिकासँग बढी झन्किने आदि आदि जस्ता कुराहरुले बालबालिकाको आत्म सम्मानमा असर गर्छ।
यदी परिवारले ख्याल गर्नु भएको छ भने, तुलनात्मक रुपमा जुन बालबालिका कमजोर जसरि हेर्नु हुन्छ उसको हरेक कुरा को प्रस्तुतिकरण पनि निरन्तर रुपमा खस्किदै गएको पाउनु हुन्छ। अचेतन रुपमा परिवारको दृस्टिकोणको अनुसार नै व्यवहार हुन्छ। यसलाई अझै पाछी गएर खोतलौ! हिजोको पुस्ताहरु मा कतै न कतै छोरा र छोरी बिच विभेद थियो। छोरालाई सधै अब्बल भएको दृष्टिकोणले हेर्ने परम्परा थियो। सधै कमजोरको धब्बा जोडिएको छोरीहरुको आत्म-सम्मानमा असर गरेन भनेर कसरी भन्ने?

तसर्थ परिवारहरु आफ्ना सन्तानलाई एक अर्कासँग तुलना गरि मुल्यांकन गर्नुको साटो उनिहरुको रुची र खुबी पहिचानमा ध्यान दिनुपर्छ र पढाइ सँगसँगै उनिहरुको खुबीलाई निखार्दै लग्नु पर्छ।

विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ नै छ नि, ‘प्रत्येक व्यक्ति आफैमा एउटा प्रतिभा हो। यदि माछालाई उसको
खुबी रुख चढ्नेसँग मात्र तुलना गर्छौ भने सधै भरी तिम्रो नजरमा माछा कमजोर नै ठहरिन्छ,’ भन्ने। हरेक बालबालिका बिशेष
हुन्छन् र उनिहरुमा आफ्ना आफ्ना किसिमका क्षमता र कमजोरीहरु हुन्छन्। कोही बालबालिका पढाइमा अब्बल होलान्, कोही खेलकुदमा, कोही बातचित गर्न खप्पिस हुन्छन् भने कोही संगीतमा तर सबै बालबालिकालाई पठनपाठनको आधारमा मात्र तुलना गरियो भने जो व्यक्ति पढाइमा अब्बाल छ उसको लागि त उत्प्रेरणा मिल्ला तर बाँकीको लागि न शैक्षिक गतिविधी राम्रो हुन्छ न त उनिहरुको खुबी नै पहिचान हुन्छ। बरु अझ सृजनात्मक पक्ष पनि घटेर जान सक्छ। तसर्थ परिवारहरु आफ्ना सन्तानलाई एक अर्कासँग तुलना गरि मुल्यांकन गर्नुको साटो उनिहरुको रुची र खुबी पहिचानमा ध्यान दिनुपर्छ र पढाइ सँगसँगै उनिहरुको खुबीलाई निखार्दै लग्नु पर्छ।

वयस्कको लागुपदार्थ र माद्धकपदार्थ सेवनको लत जति घातक हुन्छ, बालबालिकाहरुमा पनि डिजिटल लत त्यतिकै घातक हुन्छ।

राम्रा व्यबाहार र कामलाई उत्प्रेरणा प्रदान गर्नुहोस्। कस्तो कुरामा उत्प्रेरणा प्रदान गर्ने भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ। जस्तै: बालबालिकाले मोबाइल छिटो सिक्यो भनेर उसकै अगाडि फ़ुरुङ्ग पार्ने परिवार पनि हुन्छन्। परिवारको लागि त्यो कुरा नौलो भए पनि बालबालिकाको लागि त्यो कुरा सामन्य हो। त्यस्तो खालको उत्प्रेरणाले उनिहरुको डिजिटल दुनिया प्रतीको लत बढेर जान सक्ने सम्भावना बढी हुन्छ। लकडाउनको समय छ। बालबालिका सबै घरैमा छन्। उनिहरुलाइ भुलाउनकै लागि मात्र मोबाइल, ल्यपटपमा समय ब्यतित गर्न नदिनुहोस्। वयस्कको लागुपदार्थ र माद्धकपदार्थ सेवनको लत जति घातक हुन्छ, बालबालिकाहरुमा पनि डिजिटल लत त्यतिकै घातक हुन्छ। उनिहरुको सृजनात्मक सोच र बिचार नै हराएर जान्छ। बालबालिकालाई कुनै पनि कुराको स्पष्ट सिमितता निर्धारण
गरिदिनुहोस्। समय तालिका निमार्ण गरिदिनुहोस्। उनिहरुलाई समयको विषयमा आत्मा अनुभूति नहुने हुँदा परिवारले
समय व्यवस्थापन गर्न सिकाउनु पर्छ।

बालबालिकालाई गल्ती गर्न दिनुहोस्। गल्तीबाट धेरै कुराहरु सिक्ने अवसर पाउँछन्। गल्ती गर्छ भनेर कुनै काम गर्न नदिनु, गल्ती गरिसकेपछी रिसाउने/झर्किनु गर्नु हुदैन्। त्यसको साटोमा गल्ती किन र कसरी भयो भन्ने कुरामा स्पस्ट पार्ने काम गर्नुहोस्। बालबालिकाहरु जिज्ञासु स्वभावका हुन्छन्। नयाँ नयाँ अनुभव लिन मन पराउछन्। गल्तीमा गाली मात्र गर्न भयो भने उनिहरुको नयाँ तरिकाले सोच्ने बानीमा असर गर्छ जसले उनिहरुको आत्मसमानमा नराम्रो असर गर्छ। बालबालिकालाई सधै सानो सोचेर व्यवहार गर्नु भन्दा आफू सरह सोचेर व्यवहार गर्नु पर्छ। आफ्ना दैनिकी गतिविधि र पेशागत जीवनको बारेमा पनि जनकारी दिनुस्। उनिहरुलाई आफ्नो सपना निर्धारण गर्न सजिलो हुन्छ र उद्धेश्य तिर पाइल लम्काउन सहज हुन्छ।

अन्त्यमा, सकेसम्म बढी समय बालबालिकालाई दिनुहोस्। फुर्सदको बेला लामो समयसम्म सामाजीक सञ्जालमा भुल्नु भन्दा बालबालिकालाई समय दिने कुरा महत्वपुर्ण सोच्नुपर्यो। बालबालिकालाई यस्तो सम्म बनाउनुहोस् कि आफ्नो हरेक समस्या परिवारसँग स्पष्ट राख्न सकोस्। त्यसको लागि बालबालिका  सँगको सुमधुर सम्बन्ध आवश्यक हुन्छ। सुमधुर सम्बन्धको लागि उनीहरु लाभदायक समय दिनुहोस् र उनिहरुको समस्या व्यक्त गर्ने र सुन्ने वातावरणको सृजना गर्नुहोस्। बालबालिकाको आत्म सम्मान र मानसिक स्वास्थ्य सुनिष्चित गर्नुहोस्।

लेखक पौडेल मनोविद् हुनुहुन्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट