आइतबार, मंसिर १२ २०७८

बीपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेश सह-सचिवमा युवा उद्यमी अरुण अर्याल मनोनित



  • नेपालदीप
  • शनिबार, जेष्ठ १ २०७८
7.7K
SHARES

रुपन्देही। नेपाली कांग्रेस निकट थिङ्क ट्यांक बीपी स्टडी युथ सर्कलको लुम्बिनी प्रदेश सह-सचिवमा युवा उद्यमी अरुण अर्याल मनोनीत भएका छन्। अर्याललाई सर्कलका अध्यक्ष लक्ष्मण गौतमले सह-सचिवमा मनोनीत गरेका हुन्।

बीपी स्टडी युथ सर्कलले कांग्रेसका संस्थापक जननायक बीपी कोइरालाको जीवन संघर्ष, बीपी विचार, दर्शन र बीपीका विभिन्न पुस्तकको अध्ययन, विचार-विमर्श, गोष्ठी गर्दै आइरहेको छ।

सहसचिवमा मनोनित अर्याल पाल्पा जिल्लाका  युवा उद्यमी हुन्। सामाजिक सेवामा पनि उत्तिकै लागि पर्ने अर्यालले आफू बीपीका सच्चा अनुयायी भएको बताए। सानै देखि बीपीको विचारबाट प्रभावित भएको बताउदै समाजलाई उन्नति र प्रगतिको दिशामा अघि बढाउन वीपीका विचारहरुलाई अहिलेको पुस्तामा प्रसार गर्नु आवश्यक भएको बताए।

त्यसैले पनि आफू बीपी स्टडी युथ सर्कलमा रहेर बीपीका सान्दर्भिक विचारलाई प्रसार गर्न सहयोग गर्ने बताए। लुम्बिनि प्रदेशको १२ जिल्लाका सबै पालिकामा निकट भविष्यमा नै युथ सर्कललाई विस्तार गर्ने योजना आफूहरु सँग रहेको सह सचिव अर्यालले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट