बुधबार, मंसिर १५ २०७८

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ



  • नेपालदीप
  • सोमबार, जेष्ठ ३ २०७८
5.4K
SHARES

सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएक छन्। दुवै मन्त्रीलाई आज (सोमबार) प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्।

नवनियुक्त आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।

आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेका छन्। सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हालेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट