सोमबार, असार ७ २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी भएको छ : सुशीला कार्की


  • नेपालदीप
  • शुक्रबार, जेष्ठ ७ २०७८
23.1K
SHARES

राष्ट्रपतिको कदमले संविधानविद्हरू आश्चर्य चकित भएको वेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी भएको वताएकी छन। कार्कीले ‘प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छैन भनेर राष्ट्रपतिले घोषणा गर्न मिल्दैन । त्यो त संसद्मा निर्णय हुने हो । संसद्मा प्रक्रिया नै सुरु नगरी ‘रिजल्ट फ्ल्यास आउट’ गर्दिने ? प्रधानमन्त्रीले विश्वासको मत फेस गर्दिनँ भन्न नै पाउँदैन । गर्न मन नलागे राजीनामा दिने हो । यो संवैधानिक बाध्यता हो ।”

‘म सरकार चलाउन सक्दिनँ’ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो । त्यसपछिको प्रक्रिया के हो भनेर प्रधानमन्त्रीले भन्ने होइन । संविधानअनुसार राष्ट्रपतिले अन्य सम्भावनातिर हेर्ने हो । तर, अब अर्को सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ भनेर पनि प्रधानमन्त्रीले लेखेर दिएअनुसार राष्ट्रपतिले त्यही सूचना जारी गर्नुभएको छ ।”

सुशीला कार्की भन्छिन,” जुन समय तोकिएको छ, त्यसले राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा भित्रभित्रै अरू केही तयारी भइरहेको छ भन्ने देखिन्छ । नत्र यति कम समयमा नयाँ सरकारका लागि अरूले के तयारी गर्न सक्छन् र ?”

कार्कीका अनुसार राष्ट्रपतिले दिएको समयावधि पनि नमिलेको र वैकल्पिक सरकार गठनको लक्ष्य नदेखिएको बताएकी छन ”नयाँ सरकार गठनको उद्देश्य नै देखिएन , यो महामारीको समयमा निर्वाचनमा जाने नै होइन । भारतकै उदाहरण काफी छ । मोदीलाई कोरोनाको अर्को लहर आउला भन्ने लागेको थिएन ।”

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट