आइतबार, मंसिर १२ २०७८

नगरपालिकाकै बजेटबाट खोप खरिद गर्ने कांग्रेसबाट निर्वाचित रामपुरका नगरप्रमुखको तयारी



  • नेपालदीप
  • आइतबार, जेष्ठ ९ २०७८
10.4K
SHARES

पाल्पा। रामपुर नगरपालिका, पाल्पाले आफ्ना नगरवासीहरुलाई नगरपालिकाकै बजेटबाट खोप खरिद गर्नको लागि अनुमति प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीसंग भेट गरि स्वीकृतिका लागि मन्त्रालयमा पत्र बुझाएका हुन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले तोकेको मापदण्ड वमोजिमको खोप खरिद गरी ल्याउने सम्वन्धमा स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिएको थापाले जानकारी दिए।

थापाले कोरोनाबाट आफ्ना नागरिकको जिउज्यानको सुरक्षा गर्नु पर्ने दायित्व नगरपालिकाले महसुस गरेर नै खोप खरिद गर्न मन्त्रालयसँग अनुमति मागेको बताए। मन्त्रालयले अनुमति दिए आफूले खोप खरिद प्रक्रिया अघि बढाउने उनको तयारी छ।

थापाले भने, ‘यस विषम परिस्थितिको सामना गर्नको लागि एवं आफ्ना नागरिकहरुको जीउ ज्यानको सुरक्षा गर्न साथै कोभिड-१९ को रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि रामपुर नगरपालिका, पाल्पाले आफ्नो नगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने सोच बनाएको छ।’

नगरपालिकाले स्थायी बसोबास गर्ने नगरबासीको लागि आफ्नै खर्चमा खोप खरिद गर्न चाहेको स्वास्थ्य मन्त्रालयमा बुझाएको पत्रमा उल्लेख गरिएको छ। नगरपालिकाले ५०,००० डोज खोप खरिदको लागि मन्त्रालयसँग अनुमति मागेको छ।

मन्त्रालयमा बुझाइएको पत्रमा भानिएको छ, ‘प्रचलित ऐन/नियमावली र मापदण्डको परिधिभित्र रहि र यस अधि नेपाल सरकारले खरीद गरेको मूल्य र तोकिएको मापदण्ड बमोजिम कोभिड-१९ विरुद्धको ५०,००० खोप खरीद गर्ने कार्यका लागि नगरपालिकालाई अनुमति प्रदान गरिदिनुहुन रामपुर नगरपालिका, पाल्पाका संपूर्ण नागरिकहरुको तर्फबाट अनुरोध गर्दछौं।’

स्थानीय निकायबाट खोप खरिदका लागि गरिएको यस्तो सक्रियता पहिलो हो।  थापा नेपाली कांग्रेसबाट गत निर्वाचनबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।

No description available.

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट