सोमबार, असार ७ २०७८

कविता : भलबाढी र नेतागण


  • नेपालदीप
  • शनिबार, जेष्ठ १५ २०७८
2.1K
SHARES

वर्षमा केहिपटक देखापर्ने गर्छ
अविरल वर्षा,भलबाढी र पहिरोको जोखिम
उसले सकेको गर्छ र जान्छ
त्यस बाहेक
गरेको छैन उसले कुनै ढाँट छलका कुरा
कथा त हजुर त्यसपछि मात्र शुरु हुने गर्छ
जब गर्जन थाल्छन् आकासमा
नेतागणका चिलगाडीहरु
उडाउँछन् तिनले
हाम्रा बाँकि रहेका जस्ताका छाना र घाइते सपना
मिल्काउँछन खालि रित्तो

उधारो आश्वासनका पोका
फर्कन्छन चिलगाडी र मान्नीय नेतागणहरु
जो सँग प्रायः
निर्वाचनका बेला दैलोमै भेट हुनेगर्छ ।

कृष्ण कुम्पुरे
कुम्पुरे निवास,आदमटार, धादिङ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट