सोमबार, असार ७ २०७८

कोइरालाद्वारा व्यक्तिगत रुपमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


  • नेपालदीप
  • सोमबार, जेष्ठ १७ २०७८
6.9K
SHARES

कावासोती। महामन्त्री शशांक कोइरालाले व्यक्तिगत रुपमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

कोइरालाले सोमबार जिल्लाका लागि ६ वटा अक्सिजन कन्सट्रेटर, १० वटा अक्सिजन सिलिन्डर, २३००० सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २३०लिटर , आईसियु बेड २ वटा, पिपिई २५० थान स्वकीय सचीव भरत तिवारी मार्फत जिल्लामा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

स्वास्थ्य सामाग्रीहरु सोमबार नै सबै संघसंस्थालाई हस्तान्तरण गरिएको कांग्रेस नेता महेन्द्र पोख्रेलले बताए। त्यस्तै, नेपाली काग्रेस कोभिड १९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा पनि क्रमैसंग सहयोग गरिदै जाने बताए।

महामन्त्री कोईरालाको जिल्लामा सहयोग : १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट