बुधबार, मंसिर २२ २०७८

सिन्धुपाल्चोकवासीका लागि कांग्रेस नेता बस्नेतले आफ्नो निजी गाडीलाई बनाए एम्बुलेन्स



  • नेपालदीप
  • बुधबार, जेष्ठ १९ २०७८
12.2K
SHARES

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत आफ्नो निजी सवारी साधनलाई सिन्धुपाल्चोक भरिका कोरोना संक्रमितहरुलाई बोक्नका लागि दान गरेको गाडीलाई एम्बुलेन्स बनाइएको छ।

कोरोना संक्रमणको दोश्रो लहरसंगै जटिल किसिमका संक्रमितको संख्या बढ्न थालेपछि बस्नेतले आफ्ना जिल्लावासी कोही उपचार बाट बन्चित हुन नपरोस् भनेर उक्त गाडी फिर्ता नलिने गरी सहयोगको घोषणा गरेका थिए।

बस्नेतले सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने बताएका थिए।

कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीमा प्रयोग हुने डिजेलसमेत आफैले उपलब्ध गराउने प्रतिबद्धतासमेत बस्नेतले व्यक्त गरेका छन्।

त्यस्तै, बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गरेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट