सोमबार, असार ७ २०७८

जारी निषेधाज्ञा बीच सेन्ट जोसेफ स्कुलले गर्यो जेठ महिनाको शुल्क छुट


  • नेपालदीप
  • बुधबार, जेष्ठ १९ २०७८
1.6K
SHARES

कावासोती। कावासोतीमा रहेको सेन्ट जोसेफ बोर्डिङ स्कुलले विद्यार्थीको जेठ महिनाको सम्पूर्ण शुल्क छुट गर्ने घोषणा गरेको छ।

कोरोना महामारीले उग्र रुप लिइरहेको अवस्थामा जारी निशेधाज्ञाको समयमा सम्पूर्ण व्यापार व्यबसाय बन्द हुँदा अभिभावकलाई मार परेको महसुस गरि संचालक समितिले शुल्क नलिने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक कमल चापागाईले बताए।

भौतिक रुपमा उपस्थित भएर कक्षा संचालन गर्न नमिले पनि अनलाइन क्लास भने संचालन भइरहेको चापागाईले बताए।

कोरोना महामारी सुरु भए देखी नै धेरै सामाजिक र उदाहरणिय काम गर्दै आएको सेन्ट जोसेपले पछिल्लो पटक यो निर्णय गरेको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट