सोमबार, असार ७ २०७८

गोर्खा भर्तीमा अब नयाँ नियम


  • नेपालदीप
  • बुधबार, जेष्ठ १९ २०७८
2.4K
SHARES

काठमाडौं। गोर्खा भर्तीका लागि उमेर हदमा फेरबदल गरिएको छ। जसअनुसार यसपालि १९ वर्ष पुगेका र २१ वर्ष ननाघेकाहरूले मात्र गोर्खा भर्तीमा सहभागिता जनाउन पाउनेछन्। यसअघि १७ वर्ष ६ महिना काटेका र२१ वर्ष ननाघेकाहरूले मात्र गोर्खा भर्तीमा भिड्न पाउँथे।

बेलायत सरकारले सन् २०२२ इन्टेकका लागि ब्रिटिस आर्मी र सिंगापुर पुलिसको आवदेन खुलाउँदा उमेर हदबारे यस्तो उल्लेख गरेको हो।भर्तीका लागि आवेदन जुन २८ बिहान ८ बजेदेखी जुलाई १६ दिउँसो ५ बजेसम्म ब्रिटिस गोर्खाज नेपालको वेबसाइटमा अनलाइनमार्फत दिन सकिने जनाइएको छ। आवेदन दिन इच्छुकले फाराम तथा अन्य आवश्यक कागजात, फोटोलगायत स्क्यान गरेर समावेश गर्नुपर्नेछ।

सन् २०१६ सम्ममा नेपालमा एसएलसी दिएको भए कम्तीमा तेस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने र २०१६ पछि नेपालमा एसइर्इ दिएको भए समग्रमा कम्तीमा ‘सी’ ग्रेड हुनुपर्ने र गणित तथा अंग्रेजी विषयमा पनि कम्तीमा ‘सी’ ग्रेड अनिवार्य रूपमा ल्याएको हुनुपर्नेछ।

त्यसबाहेकका अन्य एसएलसी तथा एसइर्इसरहका प्रमाणपत्र छन् भने पाँच विषयमा कम्तीमा ‘सी’ ग्रेड ल्याएकै हुनुपर्ने पनि जनाइएको छ। एसएल र एसइइ कम्पार्टमा उत्तीर्ण गर्नेको आवेदन स्वीकार गरिए पनि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) को प्रमाणपत्र भने स्वीकार्य नहुने जनाइक्ष्एको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट