बिहिबार, साउन १४ २०७८

कर्मचारीका सन्ततिका लागि विद्यालय खोल्न नदिन प्याब्सन अदालत जाने


  • नेपालदीप
  • बुधबार, जेष्ठ १९ २०७८
3.2K
SHARES

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले बजेटको बुँदा नं ४१४ भेदभावपूर्ण रहेको भन्दै अदालत जाने भएको छ ।

बुधबार अर्थ मन्त्रालयको नाममा निवेदन जारी गर्दै निजामती कर्मचारीका सन्ततिका लागि छुट्टै गुणस्तरीय निजामती विद्यालय खोल्ने कुरा भेदभावपूर्ण रहेको बताएको हो । ‘यसले सामान्य नागरिक र निजामती कर्मचारीको सन्ततिका बीच भेदभाव सिर्जना गर्ने स्थिति विद्यमान भएकाले कार्यान्वयन नगर्न नगराउन निवेदन गर्दछौँ’, निवेदनमा उल्लेख छ ।

सो बुँदालाई तत्काल हटाएर सार्वजानिक रूपमा जानकारी नगराएमा मौलिक हक तथा विधिको शासन संरक्षणार्थ सर्वोच्च अदालत जाने ‘नेसनल प्याब्सन’ले चेतावनीसमेत दिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट