सोमबार, असार ७ २०७८

कविता: जब मृत्यु मुसुक्क हाँस्छ


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २० २०७८
1.9K
SHARES

जित्नु जरुरी छैन
बार बार स्विकार्य छ हार
अहङ्कार अन्त्यको उत्सब
आफ्नै मलामी जान्छु
प्रभुको प्रेममा प्रसाद पाहिन्छ
पीडा स्वयम पनि प्राप्ती बन्छ
सोचेर हेर्ने भने
म को हो?
म को अस्तित्व ?
फगत म अहङकार
पन्चतत्वको रास?
नियाल्ने भनि स्वयमलाइ
स्व हम – स्व हम हुँदै
हंस हंसमा रुपान्तरित हुन्छ
तर फगत
म, मेरो, त, तिम्रो
यी तुक्क्ष खेलमा जीवन खेर फालेर
अस्तित्वमा एकाकार नहुदा
यो आकारले कहिल्यै
निराकारको दर्शन पाएन
यज्ञ, जप, तप, दान, पुय्ण
प्रारब्ध र पुरुषार्थ मिलेर
कर्ममा रमाउदै
धर्म अगाल्दै
आहा!
मृत्यु पनि मुसुक्क हास्दो हो
आफ्नै जिवनको मलामी वनेर।

–प्रबिण तिवारी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट