सोमबार, असार ७ २०७८

नेपाल प्रहरीको एफपियू बन्द हुँदा सशस्त्र प्रहरीको एफपियू थप हुँदै


  • नेपालदीप
  • शुक्रबार, जेष्ठ २१ २०७८
5.7K
SHARES

नेपाल प्रहरीको एफपियू बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियू दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुईवटा एफपियू कार्यरत छन् । दुई वर्षअघि नै अर्काे एफपियूका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए । सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्षअघि नै बन्दोबस्तीमा सामान खरिद गरेर राखेको छ । नेपाली सेनामार्फत ती सामान खरिद गरिएको थियो ।

राष्ट्रसंघले अर्काे एफपियू थप्ने सम्भावना भएकाले त्यसका लागि जनशक्ति छनोट र तालिमको काम भइरहेको डिआइजी अर्यालको भनाइ छ । अफ्रिकी देश सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) वा मालीमा नयाँ मिसन थप हुने सम्भावना रहेको सशस्त्र प्रहरी स्रोत बताउँछ । राष्ट्रसंघले मालीमा नयाँ एफपियू पठाउनेबारे नेपाल प्रहरीसँग समेत छलफल गरेको थियो । तर, एपिसीलगायत बन्दोबस्तीका सामान तत्काल खरिद गर्न सम्भव नभएपछि पछिल्लोपटक यसबारे कुनै छलफल नभएको प्रहरी स्रोतले बतायो । नयाँ पत्रिका दैनिक

नेपाल प्रहरीको सुडान मिसन बन्द,

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट