सोमबार, असार ७ २०७८

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डको राम्रो इनिङ्ग


  • नेपालदीप
  • शुक्रबार, जेष्ठ २१ २०७८
988
SHARES

लन्डन । इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ । दोस्रो दिन खेल समाप्त हुँदा घरेलु टोलीले २ विकेट गुमाई १ सय ११ रन बनाएको छ । न्युजिल्यान्डको पहिलो इनिङ्सको ३ सय ७८ रनभन्दा २ सय ६७ रनले इंग्ल्यान्ड पछाडि छ ।

रोरी बनर्स र कप्तान जो रुटले ९३ रनको अविजित साझेदारी गरिसकेका छन् । बनर्स १ सय ३४ बलमा ८ चौका प्रहार गरी ५९ र रुटले १ सय १२ बलमा ् ५ चौका प्रहार गरी ४२ रन बनाएका छन् । ओपनर डम सिब्ली शून्यमा आउट भए भने ज्याक क्रावली २ रनमात्र बटुले ।

यसअघि डेभोन कोन्वे आफ्नो डेब्यूमै इंग्लिस भूमिमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनी २ सय रनमा रनआउट भए । उनी न्युजिल्यान्डबाट आउट हुने अन्तिम खेलाडी थिए । उनले ३ सय ४७ बल खेल्दै २२ चौका प्रहार गरे । छक्का प्रहार गर्दै उनले दोहोरो शतक पूरा गरेका थिए । हेनरी निकोलस ६१ रनमा आउट भए । अन्तिम ब्याट्सम्यान नील वाग्नर २१ बलमा २५ रन बनाई अविजित रहे ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट