सोमबार, असार ७ २०७८

कर्णालीमा कांग्रेस सरकारमा सहभागी हुँदै, बिसी र श्रेष्ठ मन्त्री बन्ने


  • नेपालदीप
  • शनिबार, जेष्ठ २२ २०७८
1.3K
SHARES

कर्णाली। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याएको छ। शनिबार बसेको संसदीय दलको  बैठकले दुई जना मन्त्रीको नाम तोकेको हो।

कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई सरकारमा सहभागी हुन सिफारिस गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्री नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ।

सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ। आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ।

सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई अस्विकार गर्नपर्ने  उल्लेख छ। मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ।

‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ। कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन्,’ आचारसंहितामा भनिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट