सोमबार, असार ७ २०७८

कविताः निर्यात


  • नेपालदीप
  • आइतबार, जेष्ठ २३ २०७८
2.2K
SHARES

मात्र
आयात भो
निर्यात ठप्प भो
भन्ने महानुभावहरु
किन सत्तामा बसेर
घोक्रो सुकाई रहनुहुन्छ ?
जनताको मन दुखाई रहनुहुन्छ ?
अचम्म छ !
त्यत्ति पनि था छैंन
हजूर मौसुफहरुलाई ?
किन निर्यात गर्दैनौँ हामीहरू र ?
धेरै चीज छन्
निर्यात गरिने चीजहरू
लामै फेहरिस्त छ
म सँग
सुनाउँ ??
लाहुर हिँड्न लाग्दादेखि
बगेको बुढी अामाको आँशु
करीब खरबौ लिटर जम्मा गर्दै छु
अझैं क्रम जारी छ
पिढी र भञ्ज्याङमा
प्रतिक्षामा ओच्छिएका
स्वप्निल संसारको पर्खाइमा बसेका
नवदुलही अनि कयौ नारीहरुको
भत्किएको खण्डहर तथा पुछिएको सिउँदोको
सपना , सिन्दूरहरू र जवानीहरु
खरबौ टन पोको पार्दैछु
बा सँग हात समातेर हिँड्नेलाई
सधैं गरिने प्रश्नका भारीहरु
टन का टन चाङ मिलाएर राख्दैछु
पुरूष प्रतिको विश्वासको आधार छोरीलाई
छोड्ने एउटा अभागि बा काे पुरुषत्व
खात का खात
करिब खरबौ टन त त्यही नै छ
अनि
छोराको छिया छिया परेको अस्तित्व
टुलुटुलु हेर्ने बुढा बाको
पचासौं खर्ब टन निरीहता
चिटिक्क पारि प्याक दिनदिनै गर्छु
निर्यात गर्न…
दुबई, साउदी,कतार, मलेशिया
इन्डिया, ईराक, इजरायल र कोरिया
उपहार दिनहुँ आएकै छन्
निर्यात बापत
काठका राता बाकस

पित्तले तक्मा अनि फुलिहरु
अरे! अचम्म छ
अझैं पनि तपाईं भन्नुहुन्छ
निर्यात छैंन
नेपालबाट निर्यात हुँदैन भनेर
कसरि? किन?
अचम्म छ बा!!
अचम्म पर्छु म त
छक्क पर्छु म त बा!!!!!

– कवि बिजय थापा

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट