सोमबार, असार ७ २०७८

इजलास गठन विवाद: आज सुनुवाई नहुने, कार्की र भट्टराई रहने नरहने टुंगो लाग्ने


  • नेपालदीप
  • सोमबार, जेष्ठ २४ २०७८
1K
SHARES

काठमाडौँ। प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्धाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायधीश विवादलाइ निरुपण गर्न आज संवैधानिक इजलास गठन नगरेका हुन्।

यसअघि गठित इजलासलाई लिएर विवाद भएपछि प्रधानन्यायाधीश जबराले आइतबार संसद विघटन सम्बन्धी मुद्दा हेर्नका लागि वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। तर त्यसमा पनि सरकारी पक्षले विरोध गरेको थियो।

महान्यायाधीवक्ता रमेश बडाल लगायतका सरकार तर्फका वकिलहरुले वरिष्ठताका आधारमा गठित इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई लिएर आपत्ति जनाएका थिए। सरकारी पक्षले न्यायाधीश कार्की र भट्टराई इजलासमा बस्न नहुने भन्दै प्रश्न उठाएका हुन्। सरकारी पक्षको यो कुराको आलोचना भइरहेको छ।

कार्की र भट्टराईले स्व घोषणा गर्दै इजलासबाट निस्किए पनि आफ्नो नैतिकता बन्धकी राखेर फेरी इजलासमा बसेपछि सरकार पक्षका न्यायधीशले मुद्धा प्रभावित हुन सक्ने भन्दै शंका व्यक्त गरेका हुन्।

आइतबार बहस गर्ने लगभग सम्पूर्ण वकिलहरुले दुई न्यायधीश बारे प्रश्न उठाएपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा दबाबमा देखिएका छन्। अर्को तर्फ न्यायधीशद्वयलाई पनि इजलासमा बसिरहन नैतिक दबाब सिर्जना भएको छ।

दुवैलाई इजलासबाट हटाउने सम्बन्धमा प्रधानन्यायधीशले न्यायधीशद्वयलाई स्वविवेकीय अधिकार दिन सक्ने छन्। र, यस्तो विवाद देखिइरहेको अवस्थामा दुवैले छोड्ने सम्भावना उच्च देखिन्छ।

न्यायाधीश कार्की र भट्टराई इजलासमा रहने नरहने विषय अब सोमबार टुंगो लगाउने तयारी छ।

अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट