सोमबार, असार ७ २०७८

पछिल्लो २४ घण्टामा देशभर ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु


  • नेपालदीप
  • मंगलबार, जेष्ठ २५ २०७८
931
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट