सोमबार, असार ७ २०७८

इजलासमा बस्ने-नबस्ने बारे विवादमा परेका दुई न्यायधीशले आज आफ्नो निर्णय सुनाउने


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
1.2K
SHARES

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरुद्ध परेको रिट माथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरामी परेपछि दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो।

बैठकको सुरुवातमा नै विवादित दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने बताइएको छ।

महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका कानुन व्यवसायीले दुवै न्यायाधीशले यसअघि इजलासमा रहेका न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठका सन्दर्भमा गरेका आदेश र मुद्दाको सन्दर्भमा पहिले नै एक पक्षीय राय व्यक्त गरिसकेकोले इजलासमा बस्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए।

सोही विवादका कारण इजलासमा मूल विषय प्रवेश गर्न सकेको छैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट