सोमबार, असार ७ २०७८

बौद्धमा भेटिएको बोरामा पोको पारिएको मानव खुट्टा कसको हो? यस्तो छ रहस्य !


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
2.7K
SHARES

काठमाडौं। काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा मंगलबार बोरामा पोको पारेको अवस्थामा मानव खुट्टा फेला परेको थियो। उक्त घटनाको  अनुसन्धानमा प्रहरी जुटेको छ।

शवको भाग महिलाको हो वा पुरुषको पहिचान हुनसकेको छैन् । तर, पैतलालाई हेरेर प्रारम्भिक रुपमा महिलाको शव हुन सक्ने चिकित्सक र प्रहरीले आँकलन गरेका छन्।

प्रहरीका अनुसार हत्यापछि शव जलाएको र बाँकी भाग यहाँ फालिएको हुन सक्ने बताएको छ। तर, कसले कहिले फालेको भन्ने केही खुलेको छैन।

चिकित्सकहरुले भने दुई हप्ता पहिले नै मारेर फालिएको हुन सक्ने नौमन गरेका छन्। शवको टुक्राबारे ल्याबमा परीक्षण चलिरहेको छ।

ल्याबको रिपोर्ट आइनसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। उनले भने, “अनुसन्धान जारी छ। छिट्टै पत्ता लगाउँछौँ। विभिन्न कोणबाट हेरिरहेका छौँ।”

प्रहरीले हराएका मानिसको विवरण पनि अध्ययन गरिरहेको बताएको छ।

प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग गरे पनि कुकुरले कुनै सुराक दिन सकेको थिएन। शव पुरानो भएकाले कुकुरले संकेत गर्न नसकेको प्रहरी अधिकारीहरु बताउँछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट