सोमबार, असार ७ २०७८

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा हुँदा धेरै ठाउँ जलमग्न


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
1.1K
SHARES

काठमाडौँ। भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ ।

मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट