सोमबार, असार ७ २०७८

अमेरिकाको वासिङटन र एरिजोनामा खोप लगाएपछि एक खिल्ली गाँजा तान्न पाइने !


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
1.3K
SHARES

एजेन्सी। अमेरिकाको वासिङ्टन राज्यले कोरोना भाइरसविरूद्धको खोप लगाउने नागरिकलाई एक खिल्ली गाँजा तान्न दिने व्यवस्था मिलाएको छ। सो व्यवस्था २१ वर्ष पुगेका नागरिकका लागि मात्र गरिएको हो।

सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने विश्वास वासिङ्टन राज्यले लिएको छ। खोप लगाउँदा गाँजा तान्न पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन्।

यसअघि खोप लगाउनेलाई एरिजोनामा पनि कोरोना खोप लगाउँदा एक खिल्ली गाँजा कार्यक्रम सुरू गरिएको थियो।

अमेरिका मध्ये अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट