सोमबार, असार ७ २०७८

एप्पल वाच नयाँ अपडेटमा मानसिक स्वास्थ्यलाई लक्षित गर्दै नयाँ एप


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
1.1K
SHARES

एजेन्सी। एप्पलले आफ्नो एप्पल घडीका लागि नयाँ वाचओएस ८ सार्वजनिक गर्ने योजना बनाएको छ। यो पटक कम्पनीले एप्पल घडीमा  नयाँ फिचर थपेको छ।

एप्पलका विकासकर्ता खाओस टियानले गरेका एक स्क्रिनसट पोस्ट मार्फत् नयाँ एपको जानकारी खुलासा भएको हो।

नयाँ वाचओएस ८ को अपडेट अन्तर्गत एप्पल घडीमा ‘माइन्ड’ एप थपिने छ, जुन प्रयोगकर्ताको मानिसक स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएको हुन सक्ने अनुमान छ।

एपको नाम ‘माइन्ड’ अर्थात् दिमागसँग मिल्दो हुनाले यो प्रयोगकर्ताको मानिसक स्वास्थ्यका लागि प्रयोग हुन सक्ने अनुमान लगाइएको हो।

अहिलेसम्म एप्पलले मानसिक स्वास्थ्यको लागि कुनै एप बनाएको छैन। एप्पल घडीमा भएको ‘ब्रिथ’ एपले प्रयोगकर्तालाई समयसमयमा सास फेर्न सचेत गराउदै आएको छ, तर यो मानसिक स्वास्थ्यका लागि भने बनेको होइन।

थुप्रै कम्पनीहरुले स्मार्टघडीमा फिट्नेस तथा ब्रिथ एप राखेको भएपनि प्रयोगकर्ताको मानिस स्वास्थ्यलाई कुनै विशेष एप बनेको छैन। यदी एप्पलले आफ्नो स्मार्टघडीमा ‘माइन्ड’ एप सार्वजनिक गरे नयाँ फड्को मार्न सक्ने ग्याजेट नाउको भनाइ छ।

ग्याजेट नाउका अनुसार एप्पलले आयोजना गरेको यस वर्षको पहिलो कार्यक्रममा आफ्ना आउँदो सफ्टवेयर अपडेटबारे विस्तृत जानकारी दिएको थियो। जसमा आइफोनका आइओएस १५ र एप्पल घडीका लागि वाचओएस ८ संस्करण आउने बताएको छ।

खाओस टियानले एप स्टोर पेजको स्क्रिनसट लिएका थिए, जसमा ‘एप्पल माइन्ड’को वेबसाइट देख्न सकिन्छ। ‘माइन्ड’ भनिने कुनैपनि एप आइफोनमा नभएको हुनाले यो वाचओएस ८ को नयाँ फिचर हुने अनुमान भएको ग्याजेट नाउले लेखेको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट