सोमबार, असार ७ २०७८

कांग्रेस प्रदेश-२ सरकारमा सहभागी, तीन जना मन्त्रीले खाए शपथ


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २७ २०७८
988
SHARES

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश-२ सरकारमा सहभागी भएको छ । हिजो मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्  । कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन्  ।

कांग्रेसलाई सरकारमा सहभागी गराउनकै लागि सात वटा मन्त्रालय फुटाएर ११ वटा पुर्याइएको छ । मन्त्रालयको भागबन्डा नमिल्दा नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । केन्द्रमा जनता समाजवादी पार्टी विभाजन नजिकै पुगेको असर प्रदेश सभामा पनि देखिएको छ ।

केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएको छ, त्यसको विरोधमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश-२ मा ठाकुर पक्षका मन्त्री हटाएर कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेको हो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट