सोमबार, असार ७ २०७८

आज नियुक्त भएका मन्त्रीहरूले लिए सपथ


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २७ २०७८
836
SHARES

काठमाडौँ। आज नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज अपरान्ह नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेकी थिइन्।

यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला थापा सञ्चार मन्त्री भएकी छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि विकास राज्यमन्त्री ज्वाला शाह, आशा विक वन राज्यमन्त्रीले सपथ लिएका हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट