बिहिबार, साउन १४ २०७८

गण्डकीको मुख्यमन्त्रीमा आजै दाबी पेश गर्दै कांग्रेसका कृष्णचन्द्र पोखरेल


  • नेपालदीप
  • शुक्रबार, जेष्ठ २८ २०७८
3.1K
SHARES

जेठ। गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्ने भएका छन्।

पोखरेलले बेलुका साँझ ६ बजे विपक्षी गठबन्धनको समर्थनमा आफूले दाबी पेश गर्ने जनाएका हुन्।

‘हामी आजै नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्दैछौँ। त्यसका लागि बेलुका साँझ ६ बजे प्रदेश प्रमुखले समय दिनु भएको छ।’

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३१ जनाको हस्ताक्षरमा प्रस्ताव तयार भइसकेको पोखरेलले जानकारी दिए।

यसअघि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा आधार सहित दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कुनै पनि प्रदेश सभा सदस्यले बहुमत सिद्ध गर्न सक्ने आधार भए मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट