बिहिबार, साउन १४ २०७८

कृष्ण थापाको प्रदेशसभा सदस्य पद खारेज, सर्वोच्चले निरन्तरता दिएन अन्तरिम आदेश


  • नेपालदीप
  • सोमबार, जेष्ठ ३१ २०७८
2.3K
SHARES

काठमाडौँ। राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापाको सांसद पद थमौती गर्ने यसअघिको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले  खारेज गरेसंगै थापाको पद खोसिएको हो।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो।

आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४  को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु।’

थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपनि उनी सर्वोच्च पुगेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट