बिहिबार, साउन १४ २०७८

गोर्खा वेल्फेयर ट्रष्ट (नेपाल) द्वारा चितवनका बिभिन्न अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


  • नेपालदीप
  • सोमबार, जेष्ठ ३१ २०७८
5.3K
SHARES

३१ जेठ, चितवन । कोभिड१९ महामारीको दोस्रो लहरको विषम परिस्थितिमा गोर्खा वेल्फेयर ट्रष्ट चितवनले चितवनका भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई सहयोग स्वरूप करीब १७ लाख ७० हजार बराबरको स्वास्थ उपकरण तथा सामग्रीहरूको सहयोग प्रदान गरेको छ ।

गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) को तर्फबाट एरिया वेलफेयर सेण्टर चितवनका कार्यालय प्रमुख चीफ इन्स्पेक्टर हरि बहादुर गुरुङ्ले भरतपुर अस्पताललाई करीब ११ लाख ३५ हजार बराबरको ३ वटा अक्सिजन कन्सन्ट्रेटर, ३० वटा पल्स अक्सीमिटर र ३५० थान पि० पी० ई० अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा० रोशन न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो।

यसै गरी वेल्फेयर सेण्टर प्रमुख, चिफ इन्सपेक्टर  गुरुङले  गोर्खा वेल्फेयर ट्र्ष्टको तर्फबाट बकुलहर रत्ननगर अस्पतालका बरिष्ठ मेडिकल सुपटीन्टेन्डेन्ट डा० विश्व बन्धु बगालेलाई ६ लाख ३५ हजार बराबरको २ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा पल्स अक्सीमिटर र १५० थान पि० पी०ई० हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा चीफ ईन्सपेक्टर गुरुङ्‌ले गोर्खा वेल्फेयर ट्रष्टले सहयोग स्वरूप प्रदान गरेका यी स्वाथ्य उपकरण तथा सामग्रीहरू गरीब, अशक्त, असहाय, निमुखा र राज्यको मूल प्रवाहबाट सिमान्तकृत सेवाग्राहीहरूको निःशुल्क उपचारार्थ प्रयोग गरिदिनको निम्ति अस्पताल व्यवस्थापनलाई विशेष अनुरोध गर्नु भएको थियो ।

भरतपुर अस्पतालको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा० भोजराज अधिकारी र बकुलहर रत्ननगर अस्पतालको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री गोपाल कर्माचार्य र कोभिड फोकल पर्सन डा० निश्चल मास्के लगायतका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालले यसका अतिरिक्त पनि  राष्ट्रीय रुपमा  कोभिड१९ को दोस्रो लहरको कारण अप्रत्याशित रुपमा विकसित विषम परिस्थितिलाई मध्य नजर गर्दै  नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई करीब ९ करोड बराबरको २८८ वटा अक्सिजन कन्सन्ट्रेटर, २६३० वटा पल्स अक्सीमिटर र १८,००० थान पि० पी० ई सहयोग स्वरूप वितरण गरिसकेको छ।

मुख्यतः ब्रिटिश गोर्खा सैनिकको रुपमा सेवारत र अवकाशप्राप्तहरुका परिवारको सेवामा केन्द्रित गोर्खा वेल्फेयर ट्रस्ट नेपालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप विशेषत : नेपालको ग्रामीण क्षेत्रमा पुल निर्माण गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, स्कूल भवन निर्माण गर्ने लगायतका थुप्रै विकास निर्माणका कामहरुमा आफ्नो सहभागिता र योगदान जनाउँदै आएको पाइन्छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट