बिहिबार, साउन १४ २०७८

नेपाल प्रहरीको नक्कली डिएसपी र डाक्टर भन्दै हिड्ने पक्राउ


  • नेपालदीप
  • मंगलबार, असार १ २०७८
4.8K
SHARES

नेपाल प्रहरीको डिएसपी र डाक्टर भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने तारकेश्वर नगरपालिका– ८ का ४४ वर्षीय सागरकुमार ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

ढुंगानाले आफूलाई नेपाल प्रहरीको डिएसपी र डाक्टर हुँ भन्दै फेसबुकमा तस्बिर पोस्ट गरेको पाइएपछि प्रहरीले सोमबार पक्राउ गरेको हो ।
आफ्नो फेसबुक एकाउन्टमा कहिले डिएसपीको पोसाक लगाएको तस्बिर त कहिले आफू डाक्टर भन्दै एप्रोनसहितको फोटो पोस्ट गर्ने गरेका थिए ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले नेपाल प्रहरीको डिएसपी र डाक्टर भनी परिचित गराउने उनको उद्देश्य भने खुलिनसकेको बताए । उनले भने, ‘यसले आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दोरहेछ । सोही दर्जा जनिने पोसाक लगाएर फेसबुकमा फोटो पोस्ट गरेको रहेछ । आफूलाई डाक्टर हुँ पनि भन्दोरहेछ । अनुसन्धानपछि उसको यो सबै हर्कत नक्कली रहेको खुल्यो । कुन उद्देश्य भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट