बिहिबार, साउन १४ २०७८

किन परिन करिना कपुर बहिष्कारको ट्रेन्ड्मा ?


  • नेपालदीप
  • मंगलबार, असार १ २०७८
2.3K
SHARES

मुम्बई : अभिनेत्री करिना कपुर लामो समय अभिनयबाट टाढा रहिन। आमिर खानका साथ ‘लालसिंह चड्डा’मार्फत चाँडै नै बलिउडमा फर्किने तयारीमा रहेकि करिना एका एक बहिष्कारको ट्रेन्ड्मा परेकी छिन्।छिन्।

निर्देशक आलौकिक देसाइ पनि केही महिनाअघि करिनाको घरमा आफूले निर्माण गर्न लागेको चलचित्रका विषयमा छलफल गर्न गएका थिए। करिना र देसाइका छलफलका विषयमा केही खबर बाहिरिएका थिए। देसाइको चलचित्रमा काम गर्नका लागि करिनाले मोटो रकम माग गरेको समाचार केही भारतीय मिडियाले लेखेका थिए।

देसाईले निर्माण गर्न लागेको रामायणमा आधारित चलचित्रमा ‘सीता’को भूमिकाका लागि १२ करोड मागेको चर्चापछि अभिनेत्री करिना कपुर विवादमा मुछिएकी हुन्। ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ। ‘ह्यास ट्याग बाएकट करिना कपुर खान’ ट्रेन्डमा आएको छ। ट्विटर प्रयोगकर्ताहरूले तैमुर अली खानकी आमा करिना सीताको भूमिकाका लागि योग्य हुन नसक्ने भन्दै उनको विरोध गरिरहेका छन्। करिनाले सीताको नभई सुर्पणाखाको भूमिका निभाउँदा राम्रो हुने ट्विटर प्रयोगकर्ताले सुझाव दिएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट