मंगलबार, मंसिर २१ २०७८

संसारकै ठूलो शालिग्राम कालीगण्डकीले डुबायो, राजनीतिक व्यवस्था उल्टिने भविष्यवाणी



  • नेपालदीप
  • बिहिबार, असार ३ २०७८
10.3K
SHARES

गण्डकी। लगातारको मनसुनी वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतीवेणी तिर्थ क्षेत्र डुबानमा परेको छ। विश्वकै विशाल शालीग्राम शिलालाई कालीगण्डकीले यसपाली डुबाएको हो।

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि किम्बदन्ती अनुसार नडुब्ने मान्यता रहेको संसारकै विशाल शालीग्राम शिला पनि डुबेको हो। किम्बदन्ती अनुसार खोला जति नै बढे पनि शिलालाई पूर्ण रुपले नडुबाउने मान्यता थियो। माथिको बस्ती डुबाउदा पनि शिला नडुबाएको लोक उक्ति रहँदै आएको थियो।

शिलालाई डुबाउनु भनेको राष्ट्रमा घोर नराम्रो भइरहेको संकेत भएको तिर्थ क्षेत्रका एक साधुले बताए।  ती साधुले भने, ‘भगवानले आफ्नै तरिकाले पाप पखालिरहनु भएको छ। अब यो अध्याय सक्कियो। देशमा उथल पुथल हुन्छ। राष्ट्रको व्यवस्था उल्टिन्छ। हिमवत खण्डमा धर्मको पुनस्थापना हुन्छ।’

त्यस्तै, सेतीवेणी बजारको धेरै भूभाग जलमग्न भएको छ। स्याङ्जा तर्फको बजार डुबानमा परेको हो।

पानीको सतह अझै बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सेतीवेणी बजारबासीलाई आग्रह गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट