बिहिबार, साउन १४ २०७८

डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा पुग्यो


  • नेपालदीप
  • शुक्रबार, असार ४ २०७८
2.3K
SHARES

काठमाडौँ। बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह ‘बी’ मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट