बिहिबार, साउन १४ २०७८

केसीएल असट्युट गरिमा विकास बैंकको सहायक कम्पनीमा परिणत


  • नेपालदीप
  • शुक्रबार, असार ४ २०७८
1.7K
SHARES

काठमाडौँ। गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ।

शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन्।

गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो। सम्झौता अनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ। साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ।

केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट