बिहिबार, साउन १४ २०७८

थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन, जुनसुकै बेला बाढी आउन सक्ने


  • नेपालदीप
  • शनिबार, असार ५ २०७८
2.8K
SHARES

दोलखा। पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ। शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो।

चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर शुक्रबार रातिबाट मुख्य सहायक खोला थुनिएको हो। चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ।

तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ। ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। घिमिरेले भने, ‘पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए। ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ। उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ।’

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो।

उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट