बिहिबार, साउन १४ २०७८

निषेधाज्ञालाई शुन्य समय मानेर महाधिवेशन सर्न सक्छ: मीन विश्वकर्मा


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
2.9K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कोरोना महामारी बीच महाधिवेशन हुने निश्चित भइ नसकेको बताएका छन्। विश्वकर्माले निषेधाज्ञा लागु भएको समयावधिलाई ‘शुन्य समय मानेर महाधिवेशन सर्न सक्ने संकेत गरेका हुन्।

विश्वकर्माले भने, ‘अदालतले गतसाल एउटा व्याख्या गरेको पनि छ। अदालतले के भन्यो भने लकडाउनको समयलाई शून्य समय भन्यो। सरकारले जुन मितिदेखि लकडाउनको घोषणा गर्‍यो, त्यस समयलाई अदालतले शून्य समय मान्यो। शून्य समय अदालतमा लागू हुन्छ, मालपोत र दूरसञ्चारमा लागू हुन्छ भने पार्टी कार्यालयमा लागू हुन्छ कि हुँदैन? पार्टी कार्यालयमा पनि लागू हुनुपर्‍यो।’

कोरोना संक्रमणको नै कारणले महाधिवेशन प्रभावित भएकोले अदालतले राजनीतिक दललाई पनि ‘शुन्य समय’ उपलब्ध गराउनु पर्ने विश्वकर्माको तर्क छ।

‘लकडाउन अवधिलाई शून्य समय मानेर त्यसबापतको समय पार्टीको महाधिवेशन गर्नलाई अदालतले नै बाटो फुकाइदिनुपर्छ। कोभिडका कारणले नै महाधिवेशन गर्न नसकिने अवस्था आए अदालतले अड्चन फुकाइदिनुपर्छ। योभन्दा पनि खराब अवस्था आयो भने अदालतले परामादेश जारी गरेर पनि बाटो फुकाइदिन सक्छ। त्यसो अदालतले गर्नुपर्छ र गर्छ भन्ने लाग्छ,’ विश्वकर्माले भने।

विश्वकर्माले कांग्रेसको महाधिवेशनका लागि कम्प्रोमाइज, हेलचक्र्याइँ वा लापरवाही गर्ने गुन्जायस नभएको बताए। उनले भने, ‘जुन रुपमा भए पनि महाधिवेशन गरेर म चयन हुन्छु भनी केहीलाई लागेको होला। तल बसेका साथीहरु ‘म सभापति भएँ’ भनी जुमबाट भनेर त हुँदैन नि। मतदान प्रक्रियामै समस्या उत्पन्न हुनसक्छ। बुथ पनि झण्डै सात हजार वडामा राख्नुपर्ने भयो। आठ तहको अधिवेशन गर्नुपर्ने हुन्छ। आठ तहको अधिवेशन हुनुपर्दछ। राजनीतिक दल भएकाले गुट उपगुटका कुराहरु पनि हुन्छन्।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट