बिहिबार, साउन १४ २०७८

सुन भाउ निरन्तर ओरालो लाग्दै,आज पनि ह्वात्तै घट्यो


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
2.8K
SHARES

सुन चाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घटेको हो । अस्ति शुक्रवार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनकाे भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट