बिहिबार, साउन १४ २०७८

सिटौलाको देउवालाई प्रस्ताव: ‘कार्यवाहक सभापति’ दिए सभापतिमा देउवालाई सहयोग गर्ने !


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
6.8K
SHARES

काठमाडौं। नेपाली कांग्रेस भित्रको पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिए अबको महाधिवेशनमा संयुक्त गठबन्धन बनाएर जान सकिने प्रस्ताव गरेको छ।

देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँको छलफलका क्रममा सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले त्यस्तो किसिमको प्रस्ताव गरेका हुन्।

प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने सुझाव दिएका थिए। उनले विमलेन्द्र निधिले साथ नदिने अवस्थामा सिटौलालाई अघि सार्न आग्रह गरेका थिए।

बैठकमा प्रधानले भनेका थिए, ‘सिटौलालाई कार्यवाहक सभापति बनाउँदा तपाईको जीत सुनिश्चित देखिन्छ। त्यता तिर पनि सोच्नुहोस्।’

कुन शक्तिकेन्द्रको आड-भरोसामा निधिले दिँदै छन् ‘टिम लिडर’ देउवालाई चुनौती ?

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट