बिहिबार, साउन १४ २०७८

युरो कप : आज दुई वटा खेल हुने, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
2.4K
SHARES

काठमाडौँ। युरो कप फुटबलमा आज समूह ‘ए’ का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् ।

इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ ।

आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्कसहित तेस्रो स्थानमा छ भने टर्की अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट