बिहिबार, साउन १४ २०७८

पशुपतिनाथ स्थित राम मन्दिर पुनः निर्माण हुँदै, पर्यटन मन्त्रीले गरे शिलान्यास


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
1.3K
SHARES

काठमाडौं। श्रीपशुपतिनाथ मन्दिर परिसरमा रहेको राम मन्दिर पुन:  निर्माण हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतवार मन्दिरको शिलान्यास गरेका छन्।

भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको हो। ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शिलन्यासपछि मन्त्री अरगरियाले पुननिर्मित राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए। साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए।

कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी शिलान्याश कार्यक्रममा कोषका सदस्य सचिव डा प्रदीप ढकालले मन्दिर निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट