बिहिबार, साउन १४ २०७८

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बजेटमाथिको छलफल बहिष्कार


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
988
SHARES

काठमाडौँ। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेशसभा बैठक बहिष्कार गरेको छ । अल्पमतले ल्याएको बजेट छलफल आवश्यक नभएको भन्दै विपक्षीले बहिष्कार गरेका हुन्।लुम्बिनीमा सरकारको वैधतामाथि विपक्षीले प्रश्न उठाएका हुन् । विपक्षीले बहिष्कार गरेपछि प्रदेशसभा बैठक केही समयका लागि लागि स्थगित भएको छ ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।

उनले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट