बिहिबार, साउन १४ २०७८

उपत्यकामा थपियो निषेधाज्ञा : निजी सवारीमा जोरबिजोर प्रणाली,पसल बार अनुसार खुल्ने


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
1.4K
SHARES

काठमाडौँ  उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाडौँ , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

त्यस्तै हार्डवेयर पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । सुनचाँदी, भाडा पसल आइतवार, मङ्गलवार र बिहीवार तथा कपडा पसल, डिमार्टमेन्टल स्टोर तथा खेलकुदका पसल सोमवार, बुधवार र शुक्रवार खुल्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन्  ।अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा रोकतोक छैन । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट