बिहिबार, साउन १४ २०७८

प्रहरीमाथि दुर्व्यवहार गर्ने ज्वाला संग्रौलासहित ५ जना पक्राउ


  • नेपालदीप
  • आइतबार, असार ६ २०७८
4.6K
SHARES

प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ दावी गर्ने ज्वाला संग्रौला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताऍको छ। ज्वाला संग्रौलाले सरुवा गरिदिने धम्की दिएको एक हप्ता नबित्दै सरुवामा परेका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा को सरुवा भएको थियो। संग्रौलाको आदेशमा सरुवा गर्ने प्रहरीका एसएसपीलाई कारबाहीको माग प्रहरी वृत्त देखि सामाजिक सञ्जालमा उठे सन्गै झालाई पुनः महाराजगञ्ज फिर्ता गरिएको थियो।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।
उनीहरुमाथि अभद्र ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए ।

ज्वालाको ‘आदेश’मा असईको सरुवा गर्नेलाई कारबाहीको माग, प्रवक्ता भन्छन्- कारबाही हुन्छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट