बिहिबार, साउन १४ २०७८

मोरङको सुन्दरहरैँचामा सडक दुघर्टना हुँदा कांग्रेस धनकुटा सचिवको मृत्यु


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
1.6K
SHARES

मोरङ। मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ । आइतबार राति थापा सवार मोटरसाइकललाई टिपले ठक्कर दिँदा थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व(पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका(९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट