बिहिबार, साउन १४ २०७८

गोली लागेर नेपाली सेनाका जवान गम्भीर घाइते


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
3.6K
SHARES

वीरगन्ज। पर्साको वीरगन्ज-८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत पोखरिया नगरपालिका-५ सतवरिया घर भएका २२ वर्षीय सैनिक जवान श्यामबाबु प्रसाद चौहान गोली लागेर गम्भीर घाइते भएका छन् ।

सैनिक स्रोतका अनुसार आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएका हुन्। उनको घाँटी माथिल्लो भागमा दायँतिर र दाहिने आँखाको मुनि गोली लागेको घाउ छ। उनलाई एन-१६ राइफलको गोली लागेको जनाइएको छ।

गणको कार्यालय भवन पछाडिको पोस्टमा उनी ड्युटीमै रहेको बेला आइतबार राति ८ बजेर ३५ मिनेट जाँदा गोली पड्किएको आवाज आएको थियो।

त्यतिबेला सँगै ड्युडीमा रहेका अर्का सैनिक नरेश गुरुङ ट्वाइलेट गएको जनाइएको छ। अरू सैनिकहरू गई हेर्दा श्यामबाबुले नै लिएको एक राउन्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो।

घाइते चौहानको गम्भीर अवस्थामा नेसनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित सैनिक अस्पताल लाने तयारी भइरहेको जनाइएको छ। लापरबाही वा आत्महत्या प्रयास के हो भन्नेबारे अनुसन्धान गरिने सैनिक स्रोतको भनाइ छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट