बिहिबार, साउन १४ २०७८

कांग्रेसमा अर्को तरङ्ग: देउवाको विकल्प खोज्न एकै ठाउँमा उभिन ‘राजकुमार’ त्रय सहमत


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
2.1K
SHARES

काठमाडौं। नेपाली कांग्रेस भित्र महाधिवेशन केन्द्रित छलफल-भेटघाटले तिब्रता पाएको छ। यसै परिपेक्षमा नेपाली कांग्रेसका तीन संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि पुत्रहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि बीच बानेश्वरमा ‘लञ्च मिटिङ’ भएको छ।

केही दिनअघि सभापति शेरबहादुर देउवासँग आफू पनि सभापति उठ्ने बताएका उपसभापति विमलेन्द्र निधिले सभापतिका दुई अरू दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्।

सभापति देउवाले महाधिवेशन केन्द्रित छलफल गरिरहेका बेला निधिको सक्रियतालाई महत्वका साथ हेरिएको छ।

देउवालाई दबाब दिनकै खातिर निधिले संस्थापन इतर पक्षका दुई प्रभावशाली नेताहरूलाई सोमबार आफ्नो निवासमा लञ्चका लागि बोलाएका हुन्।

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए। निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भएको थियो।

जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरे।

आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी गर्दै एक अर्का समक्ष सहयोग मागेका छन्।

महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन्। पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे। सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए।

देउवाको रणनीति: निधिलाई रोक्न श्रेष्ठ, श्रेष्ठले भने- हाम्रो टिमबाट देउवाले छोडे म नै हो

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट