बिहिबार, साउन १४ २०७८

टोकियो ओलम्पिकका लागि जापान गएका युगान्डा टिमका एक जनालाई कोरोना


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
2.4K
SHARES

काठमाडौँ। टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान गएका युगान्डा टिमका एक जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जापान पुगेपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ओलम्पिकका लागि युगान्डाका ९ सदस्यीय टिम जापान पुगेका थिए । सङ्क्रमित व्यक्तिको परिचय गोप्य राखिएको छ ।

उनीहरु कोरोनाको पूर्ण खोप लगाएर जापान गएको भनिएको छ । टोकियो ओलम्पिक आउँदो जुलाई २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ । कोरोना महामारीका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिताका केही खेल भने जुलाई २१ तारिखदेखि नै सुरु हुनेछ ।

कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिकको आलोचना भइरहेको छ । तर, ओलम्पिक समितिले र जापान सरकारले सुरक्षित तरिकाले खेल आयोजना गर्ने बताउँदै आएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट