बिहिबार, साउन १४ २०७८

आज थपिए २२७९ संक्रमित, ३१३० जना संक्रमण मुक्त, ४६ को मृत्यु


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
874
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमित थपिएका छन्।

१० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

अहिलेसम्म पिसिआरआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

सोही अवधिमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन्। थपिएकासहित नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ। नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ। आज थपिएकोसहित नेपालमा कोरोनाबाट ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना मृत्युदर १.५ प्रतिशत रहेको जनाइएको छ।

हाल नेपालमा रहेका ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमितमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। ८ सय ११ जना आईसीयू तथा २ सय ३७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट