बिहिबार, कार्तिक ११ २०७८

लुजडाउन पछि काठमाडौँमा चहलपहल बढ्यो [तस्बिरहरु]


  • नेपालदीप
  • मंगलबार, असार ८ २०७८
5K
SHARES

काठमाडौँ। काठमाडौँ उपत्यकामा जारी निशेधाज्ञा केही खुकुलो भएको छ। मंगलबार देखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।

स्मार्ट लकडाउनको अवाधारणा अन्तर्गत बार र समयको अन्तर विभिन्न व्यवसाय खुलाउने निर्णय उपत्यकाका सिडियोहरुले गरेका छन्।

मंगलबार काठमाडौँको वातावरण केहि खुकुलो देखिएको छ। गाडीहरु बाक्लै देखिएका छन् सडकमा। पसलहरु पनि आफ्नो समयअवधिको ख्याल राखेर खुलेका छन्।

तर त्यो भन्दैमा सवारी चाप त्यति बाक्लो छैन। कार्यालय समय बाहेकको समयको सवारी चापलाई न्यून नै मान्नु पर्छ। मानिसहरु घरबाट बाहिर निस्किन डराइ रहेका छन्। पोहोरसाल भन्दा अहिलेको कोरोना भाइरस बढी घातक भएकोले पनि त्यस्तो भएको हुन सक्छ।

यसै बीच नेपालदिपका फोटो पत्रकार दिपक घर्ति मगरले काठमाडौँका विभिन्न मुख्य ठाउँमा पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी दिन केहि तस्विर खिच्ने प्रयास गरेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट